खुसीको खबर श्रम कार्यालय खुल्यो अब बिदामा आएका नेपाली यि देश जान पाईने (जानकारीका लागि सेयर गराै)



वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने भएको छ । बायोमेट्रिक नभएका व्यक्तिहरूको पुनः श्रम स्वीकृतिका लागि मात्र प्रत्येक बुधबार कार्यालय खुल्ने श्रम कार्यालय ताहाचलले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि कार्यालयमा उपस्थित भई भौतिक रूपमा लिनुपर्ने सेवाहरू गएको वैशाख २४ गतेदेखि बन्द भएको थियो ।अहिले सरकारले तीन देशमा सातामा एक पटक उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्न कार्यालय खोल्ने जनाएको छ ।

कार्यालय बन्द रहेको समयमा पनि पाँच हजारभन्दा धेरैले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिएका छन् । एक पटक बायोमेट्रिक भएकाले मात्र अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन मिल्छ । खाडी देश कुवेतले कोरोना विरु’द्धको खाेप लगाएका गैर कुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाइएको छ । कुवेत सरकारले मान्यता प्रदान गरेका कोरोना विरुद्धका खाेप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिने त्यहाँका स्थानीय पत्रिकालाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ । कुवेतले केही दिन पहिले बायोएनटेक, मोडेर्ना, अक्सफोर्ड एस्ट्राजेनिका, जोनसन जोनसन खाेपलाई मान्यता दिएको छ । अब यी खाेप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिइने जनाइएको हाे ।

कोरोना महामारीको संक्रमण फैलिएसँगै कुवेतले गएको जनवरीदेखि नै आफ्ना नियमित उडानको ८० प्रतिशत उडान घटाएर दैनिक एक हजार यात्रु संख्या तोकेको थियो । गैर कुवेतीहरुलाई प्रवेशमा कडाइ गरेको थियो । तर मे २२ देखि भने यात्रुसंख्या बढाएर दैनिक पाँच हजार ताेकेकाे छ । जुनको अन्तिमदेखि कुवेतले आफ्ना सबै उन्तर्राष्ट्रिय उडानहरु बिस्तारै खोल्दै जाने पनि स्थानीय पत्रिकाले लेखेका छन् । कुवेतले मे १० देखि नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने सबै व्यवसायिक उडानहरूमा प्रतिबन्ध लगाएको छ । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउँदैनन् तर अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको खण्डमा भने कुवेत प्रवेश गर्न सक्छन् ।

तर अफिसियल, कूटनीतिक नियोगका कर्मचारी लगायतलाई भने स्वास्थ्यका मापदण्ड पालना गरेर सजिलै प्रवेश गर्न सक्छन् । कोरोना विरुद्धकाे खाेप लगाएको खण्डमा प्रतिबन्ध लगाएका देशबाट आउने यात्रुको प्रवेशलाई पनि अनुमति दिने सक्ने गल्फ न्युजले जनाएको छ । तर यसबारेमा कुनै यकिन निर्णय भने भइसकेको छैन ।

ओमान : भिजिट लगायत विभिन्न भिसा वाहकलाई पनि ‘वर्क पर्मिट’ दिने
अब ओमान प्रवेश गर्ने विदेशी नागरिकले त्यहाँ काम गर्न पाउने भएका छन् । ओमानले पछिल्लो समय आफ्नो भिसा सम्बन्धी नियममा परिवर्तन गर्दै भिजिट लगायत विभिन्न भिसा वाहकलाई पनि वर्क पर्मिट दिने जनाएको छ । रोयल ओमान प्रहरीको भनाइलाई उद्धृत गर्दै खलिज टाइमले लेखेको छ, ‘अब ओमान प्रवेश गर्ने विदेशी नागरिकले आफ्नो भिसालाई कामदार भिसामा ढाल्न सक्नेछन् ।’

त्यहाँको सीमा प्रहरीले जारी गरेको नयाँ संशोधित आप्रवासी आवास सम्बन्धी कानुनले ओमानमा सजिलै कामदार भिसा लिन बाटो खुलेको हो । गल्फ कोअप्रेशन काउन्सिल (जीसीसी) भिसा, विद्यार्थी भिसा, लगानीकर्ता भिसा, व्यापारिक भिसा, टुरिस्ट भिसा, एक्स्प्रेस भिसा तथा आफन्त तथा साथीभाइ भेट्न लिएको भिसा वाहकले वर्क पर्मिटकाे लागि आवेदन दिन सक्नेछन् ।

यसरी आफ्नाे भिसालाई स्थायी वा अस्थायी कामदार भिसामा परिणत गर्न सकिनेछ । योसँगै ओमान प्रवेश गर्ने विदेशी नागरिकलाई त्यहाँ रोजगारीमा संलग्न हुन सजिलो हुने बताइएको छ । कोरोनाका कारण ओमानमा रोजगारीको समस्या खेपिरहेका विदेशी नागरिकको लागि भन्दै ओमानले भिसा सम्बन्धी आफ्नो कानुनमा परिमार्जन गरेको हो । कोरोना संक्रमणको बढ्दो जोखिमसँगै ओमानले मे को पहिलो हप्तादेखि भिसा जारी गर्न बन्द गरेको थियो । तर चाँडै भिसा प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार