यी देशमा अन्तर्राष्ट्रिय हवाइ सेवा सुचारु गर्दै दक्षिण काेरिया !



दक्षिण कोरिया र सिंगापुरका अधिकारीहरुबीच आगामी जुलाईदेखि हवाई सेवा थालनी गर्ने बारेमा छलफल शुरु भएको छ । क्वारेन्टाइनमा बस्न नपर्ने गरी दुई देशबीच सोझो हवाई उडान गर्ने सम्भावनाका बारेमा छलफल भएको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् । तर यस्तो हवाई यात्रा गर्न चाहने व्यक्तिले अनिवार्य रुपमा खोप लगाएको हुनु पर्नेछ।

स्वास्थ्य अधिकारीहरुले यस्तै उडान ताइवान, थाइल्यान्ड र अमेरिकाका प्रशान्त क्षेत्रहरु गुवाम र सैपानमा शुरु गर्ने बारेमा कोरियाले प्रस्ताव पठाएका बताएका छन् । यी देशहरुले कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरेका प्रतिबन्धलाई खुकुलो बनाएकाले पनि हवाई उडान खोल्न लागेको बताइएको छ ।

दक्षिण कोरियाले हाल विदेशबाट आउने अधिकांश यात्रुलाई दुई साताको अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको छ ।दक्षिण कोरियाका एक जना वरिष्ट स्वास्थ्य अधिकारी यून टाइहोले प्रारम्भमा प्रत्यक्ष उडानबाट आउने तर खोप लगाएका यात्रुलाई प्रवेश दिइने र उनीहरुका बारेमा अनुगमन गर्ने दायित्व ट्राभल एजेन्सीलाई दिइने बताए । क्वारेन्टाइन बस्न नचाहने यात्रुले आफूले खोप लगाएको प्रमाण पेश गर्नुपर्ने तथा कोभिड-१९ परीक्षणमा नेगेटिभ देखिएको हुनुपर्ने पनि उनले जानकारी दिए । तर कोरोना भाइरसको संक्रमण देखिएका देशसँगको उडान तत्कालै सुरु नहुने पनि उनले बताए । नेपाल लगाएत इपिएस श्रमिकहरु लैजाने अन्य देशको बारेमा भने कुनै निर्णय गरेको छैन ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार