साउदी अरबबाट टर्की भएर नेपाल आउन सकिने



काठमाडाै । साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् । साउदी अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ ।

दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल जान उडान खोल्ने सम्बन्धमा अझै कुनै निर्णय भएको छैन तर नेपाल जान चाहने श्रमिकले कतार वा टर्की (कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स)बाट ट्रान्जिट मिलाएर फर्कन सकिने व्यवस्था गरिएको छ ।

सूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ । नेपाल सरकारले हाल नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स र कतार एयरवेजलाई साताको एक÷एक उडान सञ्चालन गर्न अनुमति दिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार