मलेसियामा गाडी दुर्घ टना हुँदा एकजना नेपाली सुरक्षागार्डको मृ त्यु, अन्य घा इते ।



क्वालालम्पुर {मलेसिया} | मलेसियामा नेपाली कामदार बोकेको गाडी सडक दुर्घटनामा परेको छ । गाडी सडकमा चलिरहेकै बेला अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा परि एक नेपाली कामदार र चालकको ज्यान गएको छ ।

गाडीमा सवार ड्राइभर एकजना स्थानीय नागरिक र ९ नेपाली कामदारहरु के – फोर्स र सुपरियर प्रोटेक्सन एसडिएन , बिएचडी ( K – Force security service sdn bhd / superior protection sdn bhd ) नामक सेक्युरिटी कम्पनीमा कार्यरत थिए।

रातीको ड्युटी सकिएर बिहान करिब ०७स्३० बजेतिर आफ्नो कोठामा फर्किने क्रममा सडकमा गुडिरहेको गाडी अचानक अनियन्त्रित भई सडक किनारकै बिजुलीबतिको पोलमा ठोकिँएर दुर्घटना भएको हो । गाडीमा सवार ९ जना नेपाली सुरक्षागार्ड कामदारहरु मध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना नेपाली गम्भीर घाइते भएका छन । अन्य कामदारहरु भने सामान्य घाइते भएको मलेसिया स्थित नेपाली दूतावासले जानकारी दियो ।

जोहोरबारुको सेन्टरकै सडकमा भएको उक्त दुर्घटना परि घटनास्थालमै मृत्यु हुनेमा तनहु जिल्ला निवासी झापट बहादुर थापा रहेको जनाइएको छ । अन्य सबै घाईतेहरुको जोहोरकै सुल्तानाहा अमिनाहा अस्पतालमा उपाचार भईरहेको छ ।

घाइते हुनेहरूमा गाडीमा सवार नेपाली सुरक्षागार्ड कामदारहरु चन्द्र क्ष्रेष्ठ , बिनोद बास्कोटा , खडक सुनार , दुर्गा राय माझी , जित बहादुर थापा , रामकुमार सापकोटा , निम्बाङ् तामाङ , जय बहादुर बुढाथोकी रहेको जनाइएको छ । जोहोरको थाम्पसन अस्पताल नजिकै बन्डार जादै गरेको जालान स्टुल लाउटमा तिब्र गतिको कारण उक्त सवारी दूर्धटनामा परेको स्थानीय प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार