यी चार मुलुकको नियमित उडान खुल्ने भएपछि बिदामा घर आउन टिकट काटेका नेपालीमा खुशीयाली



काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेपछि बिदेशमा घर आउन टिकट लिएर बसेका नेपालीहरु खुशी भएका छन् । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ ।

चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय गरिएको हो । यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ ।

खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् । अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका बीच पछिल्लो एक महिनादेखि नेपालमा आन्तरिक तथा बाहृय दुबै हवाई उडान बन्द छ । तर, चार्टर्ड उडान भने भइरहेका छन् । नेपालमा पर्वतारोहणमा आएका युरोप र अमेरिकी मुलुकका नागरिकलाई घर र्फकन अब इस्तानबुल सहज गन्तब्य बन्नेछ ।

कतार र कुवेतमा चर्को घाममा काम गर्न नपाइने
तापक्रममा अत्यधिक वृद्धि हुन थालेपछि कतार र कुवेतले दिउँसोको समयमा कामदारहरुलाई काममा लगाउन रोक लगाएका छन् । बिहीबार ती दुबै मुलुकका तापक्रम ४१ डिग्री सेल्सियस रहेको छ भने आगामी हप्ताको अन्त्यसम्म तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वाअनुमान छ ।

कतारले जुन १ तारिखदेखि सेप्टेम्बर १५ तारेखसम्म चर्को घाम पर्ने खुला क्षेत्रमा दिउँसोको समयमा काम गर्न रोक लगाएको छ भने कुवेतमा अगष्ट ३१ सम्म खुला क्षेत्रमा दिउँसोको समयमा काम गर्न प्रतिवन्ध लागएको छ । नयाँ निर्णय अनुसार कतारमा विहान १० बजेदेखि दिउँसो ३स्३० बजेसम्म काममा लगाउन नपाइने नियम लगाइएको छ भने कुवेतमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुला क्षेत्रमा काममा लगाउन पाइने छैन ।

कतारले चर्को घाममा कामदारलाई काममा लगाएको पाइएमा त्यस्तो कम्पनीलाई एक महिनासम्म बन्द गर्ने चेतावनी दिएको छ । गर्मीमा काम गर्ने कादारहरुलाई धेरै चिसो नखान र धेरै चिसोमा नसुत्न आग्रह गरिएको छ । तर अधिकांश कामदार न्यूनतम तापक्रममा सुत्ने गरेका कारण अल्पायुमै मृत्यु हुने गरेको छ । त्यस्ता कामदारको हृदयगति बन्द भई ‘सुतेको सुत्यै’ मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार