अब खाडी मुलुक कतार लगायत मलेसियाबाट आउने नेपालीले पाँच दिन होटेल क्वारेन्टिन बसे पुग्ने



काठमाडौं । खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्ने भएको छ । सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एकरएक वटा दुईतर्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै मापदण्ड बनाएको हो ।

मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट आउने यात्रु पाँच दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घररगन्तव्यमा जान दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् । मन्त्रालयले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गर्दै यस्तो प्रावधान ल्याएको हो ।

आकस्मिक अवस्थामा बाहेक अन्यलाई १० दिन होटेल क्वारेन्टिन अनिवार्य
आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु ९नेपाली–विदेशी०लाई भने अनिवार्य १० दिन होटेल क्वारेन्टिनको प्रावधान दोहोरिएको छ । मन्त्रालयका अनुसार नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वारेन्टिनको खर्च भने यात्रु स्वयंको हो । १० दिन होटेल क्वारेन्टिनपछि भने कोरोनाको लक्षण देखिएका व्यक्तिले पीसीआर परीक्षण गर्नुपर्छ ।

पीसीआर परीक्षण गर्दा कोभिड पोजेटिभ आएमा १० दिन आइसोलेसन सेन्टर, अस्पताल वा तोकिएको होटेलमै बस्नु पर्नेछ । १० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु घररगन्तव्यमा जान सक्ने भएका छन् । तर, आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार ९काजक्रिया०मा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिने अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घररगन्तव्यमा जान दिइने भएको छ ।

दीर्घरोगी, शारीरिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबालकका आमा–बुबाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई नियोगको सिफारिसमा जान दिइने भएको छ । कोभिड नियन्त्रणमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा तोकिएको गन्तव्यमा १० दिन क्वारेन्टिन बस्ने गरी जान दिइने भएको छ ।

ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वारेन्टिन नतोकिने
अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटलमा क्वारेन्टिन नतोकिने भएको छ । मन्त्रालयका अनुसार यसअनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वारेन्टिनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार यी क्षेत्र घना बस्ती भएका क्षेत्र भएकाले कोरोना संक्रमण नियन्त्रण गर्न ती क्षेत्रका होटेललाई क्वारेन्टिन होटेलका रुपमा सूचीकृत नगर्ने निर्णय सरकारले गरेको हो । होटेल क्वारेन्टिनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डले पाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार