काठमाडौं । र्पूवप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई सरकार अहिलेको प्राथमिकता छाढेर अन्यत्र लागेको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत भट्टराईले अहिलेको पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा भएको तर यसका लागि सरकारले उचित कदम नचाल्न बताउनु भएको हो ।
भट्टराईले अनावश्यक शिलान्यास र उद्घाटनको साटो अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गर्न अपिल पनि गर्नुभएको छ । भारतीय सिमानामा आवश्यक व्यवस्थापन गरी महामारीबाट आम जनतालाई जोखाउन उहाँले सरकारसँग आग्रह गर्नुभएको छ ।
‘कोभिड–१९को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो १ विश्वको हटस्पट बनेको भारतसँगको खुला सिमानामा आवश्यक व्यवस्थापन गरौं,’ उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर,पशुपतिका गजुर, भ्यूटावर, धरहरा बनाउँदै गरौंला !’
कोभिड-१९को घातक दोश्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो!विश्वको हटस्पट बनेको भारतसंगको खुला सीमानामा आवस्यक व्यवस्थापन गरौं।अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आवस्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं।राममन्दिर,पशुपतिका गजूर,भ्यूटावर,धरहरा बनाउॅदै गरौंला!
— Baburam Bhattarai (@brb1954) April 24, 2021





