आइतबारको सार्वजनिक बिदा कटौती गर्न राप्रपा सांसद भाटको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरूमा अध्ययन अध्यापन प्रभावित भएको बताए ।

आइतबारको बिदा कसैलाई पनि नचाहिएको बताउँदै उनले आइतबारको बिदा खारेज गरी सातामा एकदिन शनिवार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गरे ।

‘विपद्को समयमा मुस्लिम समूदायले पनि सहयोग गर्ने वातारण निर्माणमा सहयोग गर्ने सबैमा धन्यवाद भन्न चाहन्छु । र यो आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन,’ उनले भने, ‘शैक्षिक संस्थादेखि सबै ठाउँहरूमा यसले नकारत्मक असर पारिरहेको छ । त्यसकारण सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिवारको बिदा कायम गरोस् ।’

प्रकाशित मिति : २०८३ भाद्र ३० गते मङ्गलवार