काठमाडौं । जिमी (राई) उत्थान समाज, सोलुको २८औँ वार्षिकोत्सव तथा आठौँ केन्द्रीय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। समाजको केन्द्रीय समितिको आयोजनामा सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा शनिबार कार्यक्रम सम्पन्न भएको हो।
वार्षिकोत्सव तथा सम्मेलनमा समाजका पूर्वकार्यसमिति तथा सल्लाहकार, अक्षयकोषदाता, विशिष्ट, आजीवन तथा साधारण सदस्यलगायत शुभेच्छुकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाले हालसम्म सञ्चालन गरेका सामाजिक गतिविधि तथा उपलब्धिको समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।
सम्मेलनले यशबहादुर राईलाई अध्यक्षमा निरन्तरता दिएको छ। यस्तै, रामरतन राई र सरिता राई उपाध्यक्ष, कुन्जनी राई महासचिव, गुणराज राई सचिव, बखतबहादुर राई कोषाध्यक्ष र बालकुमारी राई सहकोषाध्यक्षमा चयन भएका छन्।
त्यसैगरी, सम्मेलनबाट डाकमान राई, रुद्रकुमार राई, निलम राई, अजय राई, संगीता राई, मोनिका राई, कुसुम राई, तीर्थबहादुर राई, किशोर राई, ऋतु कुमारी राई, प्रकाश राई, गुणराज राई, ध्रुव राई, तेजबहादुर राई, अर्मिष्ठा राई र धीरराज राईलगायत सदस्यहरू चयन भएका छन्।
सम्मेलनले संस्थाको आगामी कार्यकालका लागि सामाजिक तथा सामुदायिक गतिविधिलाई थप प्रभावकारी बनाउने, सदस्यहरूबीचको एकता र सहकार्यलाई मजबुत बनाउने तथा संस्थागत गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा जोड दिएको छ।
वार्षिकोत्सवका अवसरमा समाजको स्थापनादेखिको यात्रा, विगतमा भएका गतिविधि तथा संस्थाले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे समेत चर्चा गरिएको थियो। आगामी दिनमा समुदायको हित र सामाजिक उत्थानका क्षेत्रमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
कार्यक्रममा पूर्वकार्यसमितिले संस्थाको विकास र सामाजिक गतिविधिमा पुर्याएको योगदानको कदर गर्दै पूर्वकार्यसमितिका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।
जिमी (राई) उत्थान समाजले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। आठौँ केन्द्रीय सम्मेलनबाट नयाँ कार्यसमिति चयन तथा अध्यक्षमा यशबहादुर राईलाई निरन्तरता दिइएसँगै संस्थाले आगामी कार्यकालका लागि आफ्नो नेतृत्व र कार्यदिशा तय गरेको छ।















