अमेरिकी सैनिक मारे वा समाते ३० हजार डलर पुरस्कार दिने इरानको घोषणा



तेहरान । इरानी सेनाले अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिनेलाई ३० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ। महिलाले यस्तो कार्य गरे पुरस्कार ६० हजार डलर हुने जनाइएको छ।

इरानी सेनाका कमाण्डर-इन-चिफ अमिर हातमीले युद्ध प्रयासमा नागरिकको आर्थिक सहभागिता बढाउन यस्तो योजना ल्याइएको बताए। उनले अमेरिकी सैन्य प्रभाव कमजोर हुँदै गएको दाबी गर्दै होर्मुज स्ट्रेट र फारसको खाडीमा अमेरिकी सेनालाई प्रवेश अनुमति नभएको दाबी गरे।

यसैबीच, इरानले कतारले आफ्ना तीन पाइलटलाई नियन्त्रणमा लिएको आरोप लगाएको छ। मार्च २ मा इरानी Su-24 विमान कतारी एयर डिफेन्सको कारबाहीमा परेपछि प्यारासुटबाट ओर्लिएका पाइलटलाई कतारले नियन्त्रणमा लिएको इरानको दाबी छ।

तर कतारले आरोप अस्वीकार गर्दै कुनै पनि इरानी पाइलट आफ्नो नियन्त्रणमा नरहेको स्पष्ट पारेको छ। कतारका अनुसार कारबाहीपछि एक पाइलटको शव फेला परेको थियो।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार