काठमाडौं । गोरखा–१ का सांसद तथा गृहमन्त्री सुधन गुरुङले चुनावी वाचा पूरा गर्न माग गरेका मतदातालाई चार महिनामै कायापलट गर्न नसकिने भन्दै ‘भोट फिर्ता लैजानुस्’ भनेका छन्। शहीद लखन गाउँपालिका–९ का स्थानीयले चुनावका बेला वाचा गरिएको ल्याबका लागि बजेट खोइ भन्दै प्रश्न गरेपछि गुरुङले अहिले पहिलो बजेट कार्यान्वयनको चरणमा रहेको बताए।
‘चार महिनामा अहिले बल्ल पहिलो बजेट आएको छ। चार महिनामै कायापलट गर्न म सक्दिनँ, भोट लिएर जानुस्,’ गुरुङले भने।
उनको यो अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्थानीयले भने आफूहरूलाई चुनावअघि गरिएको वाचा स्मरण गराउँदै तत्काल काम अघि बढाउन माग गरेका थिए।
प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार






