रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन



kyiv-defence-minister_7299356

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाउने निर्णय गरेपछि देशभर विरोध सुरु भएको छ।

राजधानी किएभसहित विभिन्न सहरमा बिहीबार युवाहरू सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले ‘फेडोरोभबाट टाढै रहो’ र ‘जितमा बाधा पुर्‍याउन बन्द गर’ लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका छन्।

जेलेन्स्कीले सुरक्षा सेवा (एसबियु) का कार्यवाहक प्रमुख मेजर–जनरल येभेनी खमारालाई कार्यवाहक रक्षामन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका छन्। उनले खमारासँग प्राविधिक तथा आधुनिक युद्ध सञ्चालनमा व्यापक अनुभव रहेको भन्दै आफ्नो निर्णयको बचाउ गरेका छन्।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रवार