गणेशकी श्रीमतीलाई काठमाडौं महानगरले रोजगारी दिने, छोरीलाई उच्च शिक्षासम्म पढाउने



काठमाडौं । गणेश नेपालीकी श्रीमतीलाई काठमाडौं महानगरपालिकाले रोजगारीको व्यवस्था गर्ने भएको छ ।

पीडित परिवारसँग आइतबार भएको सहमति अनुसार काठमाडौं महानगरपालिकाले मृतक नेपालीकी श्रीमतीलाई उनको योग्यता तथा क्षमताको आधारमा रोजगारी सुनिश्चित गर्ने भएको हो । काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकले यसबारे निर्णय लिनेछ ।

साथै मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइने छ । यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्य गर्नेछन् ।

यसैगरी काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइने छ ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार