पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको परिवारले उनको शव बुझ्न अस्वीकार गरेको छ। गणेशका भतिज मन नेपालीले सरकारले उनका परिवार हेरचाहको जिम्मेवारी नलिँदासम्म आफूहरुले शव नबुझ्ने बताए।
‘उसको (अंकल) श्रीमतिले पढ्दै छिन्। छोरी पनि सानै छ,’ उनले भने, ‘उसैले काम गर्दै परिवार पालिरहेको थियो। सरकारले गणेशको श्रीमति र छोरीको जिम्मेवारी लिनुपर्छ। जिम्मेवारी नलिँदासम्म हामी शव बुझ्दैनौं।’
सरकारले जिम्मेवारी लिन नमाने आन्दोलन गर्ने चेतावनी समेत उनले दिए। ‘माइतीघर जानुपर्छ कि कहाँ जानुपर्छ हामी आन्दोलन गर्छौँ,’ नेपालीले भने।
बिहीबार गणेशले गलत ठाउँमा पार्किङ गरेको भन्दै महानगर प्रहरीले आफ्नो बाइकमा ‘ह्वील लक’ गरिदिएपछि गणेशले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।
प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार





