काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार सांसदको संसदीय समिति हेरफेर गरिएको छ । प्रतिनिधिसभा नियमावलीको नियम १७७ बमोजिम सदस्यहरूको नाम हेरफेर गरिएको हो ।
नाम हेरफेर हुँदा मनिष झा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा गएका छन् ।
सार्वजनिक लेखा समितिमा रहेका बुद्धरत्न महर्जनलाई सार्वजनिक लेखा समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सारिएको छ ।
बोधनारायण श्रेष्ठलाई पूर्वाधार विकास समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सारिएको छ । सो समितिमा रहेका राम लामालाई पूर्वाधार विकास समितिमा सारिएको छ ।
प्रकाशित मिति : २०८३ असार १ गते सोमवार






