भिरकोट काठमाडौं सामाजिक सेवा केन्द्रको कार्यसमिति घोषणा, अभिषेक कोइराला अध्यक्षमा निर्वाचित



काठमाडौं । भिरकोट काठमाडौं सामाजिक सेवा केन्द्रको नयाँ कार्यसमिति घोषणा कार्यक्रम शुक्रबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा डा.होमप्रसाद अधिकारी प्रमुख अतिथि तथा नेपाल प्रहरी निरीक्षक देबराज काफ्ले विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी ग्रेटर नेपालका अध्यक्ष रामशरण पाण्डेलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमबाट समाजसेवी तथा युवा व्यक्तित्व अभिषेक कोइराला केन्द्रको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। त्यसैगरी कमला बस्नेत उपाध्यक्ष, राजेश थापा सचिव तथा सी.एम.डी. काफ्ले कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा मिलन थापा, भीम विक र गंगा काफ्ले चयन हुनुभएको छ।

कार्यक्रममा वक्ताहरूले सामाजिक एकता, आपसी सहयोग तथा समाज सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै समुदायको हितमा सक्रिय रूपमा कार्य गर्न नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए।

नवनिर्वाचित अध्यक्ष अभिषेक कोइरालाले संस्थाको उद्देश्य अनुरूप सामाजिक सेवा, सहयोग र समुदायको विकासका लागि सबैलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार