स्वदेशी बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न, महत्वपूर्ण प्रस्तावहरू पारित



काठमाडौं । स्वदेशी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को चौथो वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–३, लाजिम्पाटस्थित सभास्थलमा सम्पन्न उक्त सभामा संस्थाका शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत भई छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ। साथै नाफा–नोक्सान विवरण अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट तथा कार्यक्रम पनि स्वीकृत गरिएको छ।

यसैगरी, संस्थाको लेखा परीक्षण कार्यका लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ। अघिल्लो सञ्चालक समितिका निर्णयहरू अनुमोदन गर्नुका साथै आवश्यक प्रतिनिधि चयन गर्ने कार्य पनि सम्पन्न गरिएको जनाइएको छ।

सभामा बोल्दै वक्ताहरूले सहकारी संस्थालाई अझ पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। उनीहरूले सहकारी क्षेत्रले साना तथा मझौला उद्यम प्रवर्द्धन, बचत संस्कृतिको विकास तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।
संस्थाले आगामी दिनमा आफ्ना सेवा विस्तार गर्दै सदस्यहरूको हितमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ११ गते शुक्रवार