जवानदेखि एसएसपीसम्मलाई प्रहरी हेडक्वार्टरको सर्कुलर: बिहान ७ बजेबाटै बर्दीमा रहनु



काठमाडौं । नेपाल प्रहरीका जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई बिहान ७ बजेदेखि नै चुस्त बर्दीमा तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक सर्कुलर जारी गर्दै सबै सम्बन्धित प्रहरी कर्मचारीलाई स्ट्यान्डबाइ रहन भनेको हो।

स्रोतका अनुसार उक्त सर्कुलरअनुसार प्रहरीहरूलाई बिहानैदेखि चुस्त पोसाकमा ड्युटीका लागि तयारी अवस्थामा राख्न भनिएको छ।

यसअघि नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दान बहादुर कार्की सँग करिब डेढ घण्टा छलफल गरेका थिए। उक्त छलफलमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल समेत सहभागी थिए।

उच्चस्तरीय छलफललगत्तै प्रहरीलाई तयारी अवस्थामा राख्न सर्कुलर जारी गरिएको बुझिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार