सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की

बालुवाटारबाट सारियो सामान


काठमाडौं । सुशीला कार्की सिंहदरबारबाट औपचारिक रूपमा बिदा भएकी छिन् । जिम्मेवारी हस्तान्तरणको तयारीस्वरूप उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आउन छाडेकी हुन् ।

शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाह ले पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ । सोही दिन सत्ता हस्तान्तरण हुने बताइएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कार्कीले औपचारिक बिदाइ कार्यक्रम नचाहेको बताउँदै अनौपचारिक रूपमा पदबाट अलग भएकी हुन् । उनका व्यक्तिगत सामानहरू समेत कार्यालयबाट हटाइसकिएको छ ।

यसैबीच, बालुवाटारस्थित सरकारी निवासबाट उनका सामान टोखास्थित निजी घरमा सारिएको छ । नयाँ प्रधानमन्त्रीको शपथपछि उनी सोझै निजी निवास जाने तयारीमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार