दुई कांग्रेस, चार सभापतिः चुनावको तितो हारपछि बदलिएको कांग्रेसभित्र किचलो



चुनावमा अप्रत्याशित हार बेहोरेपछि नेपाली कांग्रेसभित्र अहिले आन्तरिक किचलो देखिन थालेको छ। पार्टीभित्र नेतृत्वको विषयलाई लिएर दुई धार स्पष्ट रूपमा देखा परेका छन्, जसलाई कतिपयले ‘दुई कांग्रेस’ को रूपमा व्याख्या गर्न थालेका छन्।

एक पक्षको नेतृत्व शेरबहादुर देउवाले सम्हालिरहेका छन् भने अर्कोतिर सुधार र पुस्तान्तरणको आवाज उठाउँदै आएको गगन–विश्व समूह सक्रिय देखिन्छ।

पार्टीको कमजोर चुनावी प्रदर्शनपछि नेतृत्वको जिम्मेवारी र समीक्षा प्रक्रियामा विवाद बढ्दै गएको छ। देउवा पक्षले वर्तमान संरचनालाई निरन्तरता दिनुपर्ने अडान लिएको छ भने गगन–विश्व पक्षले गम्भीर आत्मसमीक्षा गर्दै संगठन सुदृढ बनउन आवश्यक रहेको बताउँदै आएको छ।

यसबीच ‘चार सभापति’ भन्ने चर्चा पनि चुलिएको छ। सभापति देउवाले कार्यवाहको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काले एक पक्षको नेतृत्व लिइरहँदा अर्को विशेष महाधिवेशनबाट चयनभएका गगनले राजिनामा दिएसँगै उपसभापति विश्वप्रकाश शर्माले उक्त पक्षको नेतृत्व सम्हालिरहेका छन् । यसरी दुई कांग्रेस र चार सभापतिको रुपमा कांग्रेसको पछिल्लो विवादलाई चर्चा गर्ने गरिएको पाइन्छ ।

यो अवस्था लामो समयसम्म रहिरहे पार्टी एकतामा असर पर्ने चिन्ता कार्यकर्ताहरूमा बढ्दो छ। यतिबेला कांग्रेस एकताबद्ध भएर अगाडि बढ्ने कि गुटगत राजनीतिमा रुमलिने भन्ने प्रश्न निर्णायक बनेको छ।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार