सरकार गठनको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू बैठकमा जुटेका छन्। पार्टी उपसभापति स्वर्णिम वाग्ले का अनुसार सरकार गठनको रणनीतिबारे छलफल गर्न शीर्ष नेतृत्वबीच बैठक भइरहेको हो।
छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन), उपसभापति डोलप्रसाद अर्याल तथा स्वर्णिम वाग्ले सहभागी छन्। बैठकको स्थान भने गोप्य राखिएको छ।
उपसभापति वाग्लेले सामाजिक सञ्जाल फेसबुकमा “..राजकाज, आज साँझको छलफल” लेख्दै बैठक जारी रहेको जानकारी दिनुभएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै १८२ सिट जितेको छ। यसमध्ये प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट रहेका छन्। दुई तिहाइ बहुमतका लागि भने अझै दुई सिट अपुग रहेको छ।
प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार





