संयुक्त अरब इमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत भ्रामक भिडिओ फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ परेका छन्। यूएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल शाम्सीको आदेशमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
खालिज टाइम्सका अनुसार पक्राउ पर्नेहरूमा नेपालसहित इजिप्ट, फिलिपिन्स, भियतनाम, पाकिस्तान, इरान, बङ्गलादेश, क्यामरुनका एक–एक जना तथा भारतका दुई जना नागरिक छन्। उनीहरूले एआई प्रयोग गरेर यूएईका विभिन्न स्थानमा विस्फोट र आक्रमण भएको जस्तो देखिने नक्कली भिडिओ फैलाएको आरोप छ।
यूएईको कानुनअनुसार यस्तो अपराधमा दोषी ठहरिए कम्तीमा एक वर्ष जेल र एक लाख दिराम (करिब ४० लाख रुपैयाँ) जरिवाना हुन सक्ने व्यवस्था छ।
प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार





