कोलम्बिया, ईरान र क्युवाले गरे भेनेजुएलामाथिको अमेरिकी आक्रमणको निन्दा



एजेन्सी — कोलम्बिया, ईरान र क्युवाले भेनेजुएलामाथिको अमेरिकी आक्रमणको विरोध गरेका छन् । मध्यराति अमेरिकाले भेनेजुएलामा आक्रमण गर्दा ठूलो क्षति पुगेको आँकलन गरिएको छ ।

क्षतिको विवरण अझै आइसकेको छैन ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदूरो र उनकी पत्नीलाई अमेरिकी सेनाले कब्जामा लिएको छ । भेनेजुएलामा अहिले राष्ट्रिय संकटकाल छ ।

‘अमेरिकी सेनाले आक्रमण गरेर भेनेजुएलाकोराष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको खुलेयाम उल्लंघन गरेको छ । हामी यसको कडानिन्दा गर्छौं,’ इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोलम्बियाकाराष्ट्रपति गुस्ताभो पेट्रो र क्युवाका राष्ट्रपति मिगुइल डियाज क्यानलले पनिसामाजिक सञ्जाल एक्समार्फत घटनाको निन्दा गरेका छन् ।

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार