ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बीएनपीकी अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ। बिहान ६ बजे बिहानी नमाजपछि उनको निधन भएको बीएनपीले पुष्टि गरेको छ।
पछिल्ला केही महिनादेखि अस्वस्थ रहेकी खालिदाको निधन हुनु पाँच दिनअघि मात्र उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए। चार दशकभन्दा बढी समय बंगलादेशी राजनीतिमा सक्रिय खालिदाले पति जियाउर रहमानको निधनपछि बीएनपीको नेतृत्व सम्हालेकी थिइन्।
प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार





