नेपालमा बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव



काठमाडौं । दक्षिण–पश्चिम बंगालको खाडी तथा भारतको तमिलनाडु आसपास विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा देखिए पनि वर्षाको सम्भावना छैन भन्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी, मधेश र वाग्मती प्रदेशका केही स्थानमा बादल लाग्ने भए पनि वर्षा नपर्ने विभागले स्पष्ट गरेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ।

काठमाडौं उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस र अधिकतम १९–२१ डिग्री सेल्सियस रहने अनुमान छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते मङ्गलवार