काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा.कुमार आचार्यलाई मनोनीत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल मेलमिलाप परिषद्मा विज्ञका रूपमा कार्यरत आचार्यलाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
डा. आचार्य २०४० सालमा अधिवक्ता बनेका हुन् भने २०६९ सालमा वरिष्ठ अधिवक्ताको पद प्राप्त गरेका थिए। नेपाल बार एसोसिएसनका उपाध्यक्षसमेत रहिसकेका उनले २०५१ सालमा बार काउन्सिलको कार्यकारी समितिमा बसेर काम गरेका थिए।
उनले २०७४ सालमा लुम्बिनी प्रदेश कानुन आयोगमा डेढ वर्ष सदस्यका रूपमा योगदान दिएका थिए।
प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते सोमवार





