काठमाण्डौ फोटोग्राफर संघको नेतृत्व तथा व्यक्तित्व विकास अभिमुखीकरण सम्पन्न



ललितपुर । काठमाण्डौ फोटोग्राफर संघद्वारा नवनिर्वाचित पदाधिकारीहरूका लागि आयोजना गरिएको नेतृत्व विकास तथा व्यक्तित्व विकास सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

संघको संगठनात्मक क्षमता सुदृढ बनाउने र पदाधिकारीहरूको व्यक्तिगत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम २०८२ मंसिर ३ गते ललितपुरस्थित पूर्णज म्युजियम रिसोर्टमा सम्पन्न गरिएको थियो।

कार्यक्रममा संघका पूर्व अध्यक्ष मोतीबहादुर बोगटी, सहजकर्ता हेमन्त सापकोटा र राजेश शर्माले सहजीकरण गर्दै नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि र संगठन सुदृढीकरणका महत्वपूर्ण पक्षमा प्रशिक्षण प्रदान गरेका थिए।

संघका अध्यक्ष आनन्द प्रभाकर धिमिरेको अध्यक्षतामा भएको औपचारिक सत्रमा पूर्व अध्यक्षहरू बालकृष्ण श्रेष्ठ, दिगम्बर राजवंशी तथा निवर्तमान अध्यक्ष हरि प्रसाद धिमिरे अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सञ्चालन सचिव कालिका प्रसाद रिमालले गरेका थिए।

अभिमुखीकरण कार्यक्रमको संयोजक रेन्जु मगर रहनुभएको थियो। कार्यक्रमलाई सफल बनाउन गोरखकाली फोटो फ्रेमिङ र बालाजु माछापोखरीका रमेश भट्टले सहयोग गरेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते बिहिवार