प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले गएराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको हो ।
प्रसाईंमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो । प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए । आइतबार नै नविासमा पत्रकार सम्मेलन गरेर प्रसाईंले एनपीएल पछि सार भन्दा नमानेको भन्दै एनपीएलभँदा आफ्नो आन्दोलन ठूलो भएको अभिव्यक्ति दिएका थिए ।
प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परेका थिए ।
प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते मङ्गलवार





