जेनजी आन्दोलनपछि माडागास्करमा सेनाले सत्ता सम्हाल्यो



माडागास्कर । जेनजी युवाहरूको आन्दोलन तीव्र बन्दै गएपछि माडागास्करमा सत्ता सेनाको हातमा पुगेको छ। राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेपछि कर्णेल माइकल रान्ड्रिनाइरिनाको नेतृत्वमा सेनाले राष्ट्रिय रेडियोमार्फत सत्ता ग्रहण गरेको घोषणा गर्‍यो।

राष्ट्रपति राजोएलिनाले महाभियोग प्रक्रियालाई रोक्न राष्ट्रिय सभा विघटनको घोषणा गरे पनि सांसदहरूले उनलाई पदमुक्त गर्न मतदान गरेका थिए। आन्दोलनमा सेना समेत सहभागी भएपछि राजोएलिनालाई फ्रान्सेली सैन्य विमानमार्फत बाहिर लैजाइएको बताइएको छ।

पानी, बिजुली अभाव र महँगीविरुद्ध सुरु भएको जेनजी आन्दोलन पछिल्लो दुई हप्तामा उग्र बन्दै गएको थियो। तत्कालका लागि राष्ट्रिय एसेम्बली बाहेक सबै सरकारी निकाय भंग गरिएको र सत्ता सेनाले नियन्त्रणमा लिएको घोषणा गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार