काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि हमासले गाजामा युद्धविराम स्वीकार गरेको छ। हमासले सबै ४८ बन्दी (जीवित वा मृत) ७२ घण्टाभित्र रिहा गर्ने घोषणा गरेको छ, जसमा नेपाली युवक विपिन जोशी पनि छन्।
बन्दी फिर्ता सर्तमा २,००० भन्दा बढी प्यालेस्टिनी कैदी र मारिएका गाजावासीहरूको शव इजरायलले फिर्ता गर्नेछ। इजरायलले पनि ट्रम्पको शान्ति योजनाको पहिलो चरण लागू गर्दै आक्रमण रोक्ने जनाएको छ।
ट्रम्पले यसलाई “विशेष दिन” भन्दै बन्दीहरू छिट्टै घर फर्कने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार





