काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै सो पदमा प्राधिकरणकै पूर्व उप–कार्यकारी निर्देशक सिलवाललाई जिम्मेवारी दिइएको हो।
गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो। तर, पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङकै पहलमा शाक्यलाई सरुवा गरी आफ्नो निकट सहयोगी मानिने सिलवाललाई प्राधिकरणको नेतृत्व दिइएको हो।
सिलवाल, घिसिङ कार्यकारी निर्देशक रहेका बेला नजिकका सहयोगीका रूपमा प्राधिकरणमा सक्रिय रहेका थिए।
प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार






