काठमाडौं । बडादशैं नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुको चाप दिनहुँ बढिरहेको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगायतका स्थानहरूमा घर फर्कने यात्रुको भीड देखिन थालेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार यस वर्ष अघिल्ला वर्षहरूभन्दा घटस्थापनाभन्दा पहिले नै ठूलो संख्यामा सर्वसाधारण उपत्यका बाहिरिन थालेका छन् ।
यात्रीहरू हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, दक्षिणकाली–हेटौँडा मार्ग र कान्ति राजमार्ग हुँदै गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । यस वर्ष पनि १५ लाखभन्दा बढी सर्वसाधारण दशैं मनाउन उपत्यका बाहिरिने अनुमान गरिएको छ ।
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार





