काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज (असोज १ गते) देशभर सार्वजनिक बिदा दिएको छ।
गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध भएको आन्दोलनका क्रममा कम्तीमा ७२ जना युवाले ज्यान गुमाएका थिए। उनीहरूको सम्मानमा भदौ ३० गते बसेको अन्तरिम सरकार मन्त्रिपरिषद्को बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सो निर्णयअनुसार आज नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू बन्द रहेका छन्। साथै, राष्ट्रिय झण्डा आधा झुकाएर शोक प्रकट गरिएको छ।
प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार





