खनाल अर्थमन्त्री, घिसिङले उर्जा सहित तीन मन्त्रालय सम्हाल्ने



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको छ।

घिसिङलाई ऊर्जा मात्र नभई भौतिक पूर्वाधार तथा यातायात र सहकारी तथा विकास मन्त्रालय समेत सम्हाल्ने जिम्मेवारी दिइने तयारी भइरहेको छ।

यससँगै अन्तरिम सरकारमा प्रशासनिक अनुभव र प्राविधिक नेतृत्व दुवैलाई प्राथमिकता दिइएको देखिन्छ। खनाल अर्थतन्त्र सुधारका एजेन्डाका कारण चर्चित छन् भने घिसिङ लोडसेडिङ अन्त्य गरेर जनस्तरमा लोकप्रिय बनेका नेता मानिन्छन्।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार