जेनजी अभियन्ता गुरुङले प्रधानमन्त्री कार्कीको खुट्टामै ढोगे



काठमाडौँ । जेनजी आन्दोलनका रणनीतिकार तथा हामी नेपालका अध्यक्ष सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीको खुट्टा ढोगेका छन्। यो घटना शुक्रबार राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रमपछि भएको हो।

गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जना युवाको मृत्यु भएको थियो। त्यसपछि भदौ २४ गते आक्रोशित समूहले देशभर प्रदर्शन गर्दै आगजनी र तोडफोड गरेको थियो।

घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछिका दिनमा जेनजी समूहले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै आएको थियो। लामो समय चलेको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार