राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे



काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएकी छन् । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८:४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

उनले भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्री ज्‍यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार