काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम स्थगित भई केही घण्टापछि मात्र हुने भएको छ ।
स्रोतका अनुसार वार्तामा संलग्न दल र जेनजी पक्षका प्रतिनिधिहरूले आ-आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले बैठक सारिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि विभिन्न पक्षसँग परामर्श गरेका थिए । दलहरूले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने धारणा राखेका छन् भने आन्दोलनरत जेनजी समूह संसद विघटनको पक्षमा अडिएको छ ।
यसैबीच, दल र जेनजी पक्षबीच पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति बनेको छ । तर, संसदको अनुमोदन कसरी लिने भन्ने प्रक्रियामा भने सहमति जुट्न बाँकी छ ।
प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार





