काठमाडौं । हिजो दिनभर र राति अबेरसम्म भएको तोडफोड र आगजनीपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न सडकमा खरानी र भग्नावशेष थुप्रिएका छन् । जलेका फर्निचर, कागजात र टायरका अवशेष यत्रतत्र छरिएका कारण सडक अस्तव्यस्त बनेको छ । धुलो र धुवाँले वातावरण प्रदूषित बनेको छ ।
स्थिति सामान्य बन्दै गएपछि जेन्जी समूहले आज स्वतःस्फूर्त रूपमा सरसफाइ अभियान सञ्चालन गर्ने जनाएको छ । प्रहरी बिट, निजी घर र सरकारी संरचना जलाउँदा उत्पन्न फोहोर सडकमा फैलिएको छ ।
विशेषगरी अत्यधिक टायर जलाइएकाले वायुमण्डलमा धुवाँ बाक्लिएको छ । सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आउँदै गएको र अब सरसफाइमार्फत जनजीवन सामान्य बनाउने प्रयास भइरहेको छ ।
प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार





