भैंसेपाटीस्थित मन्त्रिक्वार्टरबाट हेलिकोप्टरमा भाग्न थाले मन्त्री



काठमाडौं । जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्न थालेका छन् ।

उच्च सुरक्षा स्रोतले अनलाइनखबरलाई बताएअनुसार, यसमा चारवटै सुरक्षा निकाय परिचालित छन् । बालुवाटारसहित विभिन्न स्थानमा पटकपटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् । अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको एक उच्च अधिकृतले बताए ।

भैंसेपाटीस्थित मन्त्रिक्वार्टरमा समेत पटकपटक हेलिकोप्टर अवतरण गरेको छ । केही नेतालाई उद्दार गरेर लगिएको सुरक्षा स्रोतले बताएको छ । तर, उनीहरुलाई कहाँ लगियो भन्ने बताइएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेलाई सर्वदलीय बैठक बोलाएका छन् । त्यसअघि नै परिस्थिति नियन्त्रणबाहिर पुगिसकेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार