काठमाडौं । ग्लोबल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्रीयम चौंलागाईंको आज जेनजी आन्दोलनमा प्रहरीको गोली लागि दु:खद निधन भएको छ । उनी कलेजबाट घर फर्किने क्रममा आन्दोलनमा मिसिएका थिए ।
आन्दोलनमा सहभागिता जनाउँदै सडकमा उत्रिएका उनको निधनसँगै सहपाठी, शिक्षक तथा अभिभावकहरूले दुःख व्यक्त गरेका छन् । श्रीयमको आकस्मिक निधनले विद्यार्थी समुदाय स्तब्ध बनेको छ ।
‘जेन्जी आन्दोलन’ को क्रममा अहिलेसम्म १९ जनाको ज्यान गइसकेको छ, जसमा श्रीयम पनि एक हुन् ।
प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार





