काठमाडौं । सोमबारको आन्दोलनलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले आगामी भदौ २४ देखि २६ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरको निर्णयपछि विद्यालयहरूले अभिभावकलाई मेसेजमार्फत बिदाबारे जानकारी गराएका छन् ।
आज जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्दा अहिलेसम्म १९ जनाको ज्यान गइसकेको छ ।
प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार





