गोली लागेर एक जनाको मृत्यु, बानेश्वर क्षेत्र थप तनावग्रस्त, कर्फ्यू घोषणा प्रभावहीन



काठमाडौं । संसद भवन क्षेत्र केन्द्रित Gen-Z आन्दोलन झन् उग्र बन्दै गएको छ। दिउँसो बानेश्वर चोकमा प्रहरीले प्रहार गरेको गोली लागी एक प्रदर्शनकारीको मृत्यु भएपछि वातावरण थप तनावग्रस्त बनेको हो।

सरकारले कर्फ्यू आदेश जारी गरेपनि त्यसको प्रभाव देखिएको छैन। उल्टै, कर्फ्यूपछि प्रदर्शनकारीहरू अझ आक्रोशित हुँदै सडकमा उत्रिएका छन्।

संसद भवन परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास प्रहार गर्नुका साथै रबरको गोली, पानीको फोहोरा र ढुंगासमेत फ्याँकेर भिड नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। तर, प्रदर्शनकारीले बारम्बार संसद भवन नजिकै आगजनी गर्न खोजेका छन्।

झडपका क्रममा भागदौड मच्चिँदा धेरैजना घाइते भएको बताइएको छ। सुरक्षाकर्मीहरूको घेरा सघन पारिए पनि प्रदर्शनकारीहरू बानेश्वर चोक वरपर निरन्तर जमेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार