काठमाडौंमा आज जेनजीको प्रदर्शन, राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने चेतावनी



काठमाडौँ । जेनजी पुस्ताले सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन्। स्थानीय प्रशासनले प्रदर्शनको अनुमति दिएको छ।

आन्दोलनकारीहरूले विज्ञप्ति जारी गर्दै भ्रष्टाचारविरुद्ध जवाफदेही व्यवस्था, पारदर्शिता र राजनीतिक हस्तक्षेपमुक्त प्रशासनको माग गरेका छन्। उनीहरूले प्रदर्शनलाई कुनै राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिँदै हिंसा वा तोडफोड नगर्न सबैलाई आग्रह गरेका छन्।

यदि आन्दोलनमाथि दमन गरिएको खण्डमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी पनि दिइएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार