काठमाडौं । सातदोबाटो–गोदावरी सडकको अवरोध हटेको छ । शनिबार बिहान प्रदेशमन्त्री सवार गाडीको ठक्करबाट एक बालिका घाइते भएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । सरकारी पक्ष र स्थानीयबीच सहमति भएपछि सडकको अवरोध हटेको हो । सहमतिअनुसार बालिकाको उपचारमा लाग्ने सबै खर्च मन्त्रीपक्षले बेहोर्नेछ ।
ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले)को विधान महाधिवेशनतर्फ गइरहेको कोसीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले शनिबार बिहान बालिकालाई ठक्कर दिएको हो ।
मन्त्री मगर सवार को १६९ नम्बरको गाडीले सडकमा हिडिँरहेकी ११ वर्षीया बालिकालाई हरिसिद्धि स्कुल चोकमा जेब्राक्रसिङमा ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएको थियो ।
प्रकाशित मिति : २०८२ भाद्र २१ गते शनिवार





