१६८ औं विश्व फोटोग्राफी दिवस : पाटन दरबार स्क्वायरमा फोटो वाक तथा प्रतियोगिता सम्पन्न



काठमाडौं । काठमाडौं फोटोग्राफर संघको आयोजनामा १६८ औं विश्व फोटोग्राफी दिवसको अवसरमा ‘फोटो वाक तथा फोटो प्रतियोगिता–२०२५’ शनिबार पाटन दरबार स्क्वायरमा सम्पन्न भयो।

कार्यक्रम भदौ ३ गते बिहान ७ बजे सुरु भएको थियो। काठमाडौं, ललितपुर र भक्तपुरका फोटोग्राफरहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले ऐतिहासिक सम्पदा, कला र संस्कृतिको बीचमा तस्वीर खिच्दै सिर्जनात्मक अभ्याससँगै आपसी एकता र सहकार्यको सन्देश प्रवाह गरेका थिए।

संघका अध्यक्ष हरि प्रसाद घिमिरेले फोटोग्राफीलाई इतिहास र संस्कृतिको दस्तावेजका रूपमा वर्णन गर्दै भने “हाम्रो क्यामेराले सौन्दर्य मात्र होइन, हाम्रो पहिचान र इतिहासलाई पुस्तौँसम्म सुरक्षित राख्ने जिम्मेवारी बोकेको छ। त्यसैले प्रत्येक तस्वीरले केवल रमाइलोपनाको लागि नभई सत्य, मानवता र सकारात्मक परिवर्तनको सन्देश दिनुपर्ने हुन्छ।”

कार्यक्रममा संघका सल्लाहकार रत्नमान आन्शु, फोटो कर्नसनका दिनेश अर्याल र बद्ध मानन्धरले सबै फोटोग्राफरलाई “विश्व फोटोग्राफी दिवसको हार्दिक शुभकामना” दिँदै फोटोग्राफीलाई समाज र संस्कृतिको पहिचानसँग जोड्न आग्रह गरे।

फोटो प्रतियोगिताका नियम र मापदण्डबारे सहजकर्त्ता आम यादवले विस्तृत जानकारी दिएका थिए। कार्यक्रमको सञ्चालन संघका सचिव रेशमराज पण्डितले गरेका थिए।

 

फोटो प्रतियोगिताका नियमहरू
थीम: Rules of Composition
प्रतिभागीहरूले तल उल्लेखित संरचना नियम (Composition Rules) मध्ये कुनै एक आधारमा आफ्नो फोटो लिनुपर्नेछः
Leading lines / Converging lines

Diagonals

Rule of odds

Symmetry

👉 क्याप्सनमा कुन नियम रोजिएको हो स्पष्ट उल्लेख गर्नुपर्छ।
📅 समयसीमा:
फोटो २०८२ भदौ ३ गते (१९ अगस्ट २०२५) बिहान ७:०० बजे देखि दिउँसो १:०० बजेसम्म खिचिएको हुनुपर्छ।
(EXIF data मा मिति र समय देखिनुपर्नेछ। फोटो सबमिट गर्दा EXIF data हटाउन नपाइनेछ।)
📷 फोटो संख्या र फर्म्याट:
अधिकतम २ वटा फोटो पठाउन पाइनेछ।

JPEG format मा, उच्चतम गुणस्तर (Highest quality setting) मा, र कम्तीमा 3000 pixels (longer side) रिजोलुसनमा हुनुपर्छ

📩 पठाउने तरिका र समय सिमा :
आफ्नो प्रविष्टि (entries) इमेलमार्फत पठाउनुपर्छः kpaphotowalk2025@gmail.com इमेलमा आफ्नो पूरा नाम र सम्पर्क जानकारी उल्लेख गर्नुपर्नेछ। फोटो २०८२ भदौ 8 गते (24 अगस्ट २०२५) सम्म पठाइ सक्नु पर्नेछ।

⚖️ Copyright & Usage:
फोटो पठाएर, प्रतिभायाेगीहरूले काठमाडौं फोटोग्राफर संघ (KPA) लाई उक्त फोटो सम्पूर्ण वा आंशिक रूपमा, कुनै पनि माध्यममा, प्रचार–प्रसारका लागि प्रयोग गर्न सहमति जनाउनेछन्।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार