नेपाल पर्वतारोहण संघको निर्वाचनका लागि कुलबहादुर गुरुङको प्यानल सार्वजनिक



काठमाडौं । आउँदो भदौ ७ गते हुने नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनका लागि कुलबहादुर गुरुङ नेतृत्वको प्यानल सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्षका प्रत्यासी गुरुङसहित सम्पूर्ण २७ सदस्यीय प्यानलको घोषणा गरिएको हो।

३३ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील गुरुङले आफू सक्षम उम्मेदवार भएको दाबी गर्दै एनएमएलाई स्वार्थभन्दा माथि उठाएर संस्थाको उद्देश्यप्राप्तिमा अघि बढाउने प्रतिबद्धता जनाए। उनको समूहले नेपालका हिमाललाई जीवन, संस्कृति, अर्थतन्त्रको मेरुदण्ड र राष्ट्रिय गौरवको स्रोतका रूपमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सात नीतिगत प्रतिवद्धता सार्वजनिक गरेको छ।

प्यानलमा रहेका प्रमुख उम्मेदवारहरू:

वरिष्ठ उपाध्यक्ष: टिकाराम गुरुङ

प्रथम उपाध्यक्ष: मिङमा ग्याबु शेर्पा

द्वितीय उपाध्यक्ष: धनबहादुर गुरुङ

महासचिव: बिमलकुमार नहर्की

सचिव: ङिमा दिकी शेर्पा

कोषाध्यक्ष: सुमी लामा

सदस्यमा चर्चित आरोही मिङमा ग्याबु शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, कलाकार सुमी लामा, दिकी शेर्पा, गीता राई, माधवप्रसाद पाण्डे, नुर्बू छिरिङ शेर्पा लामा, लालबहादुर जिरेल, सुदास लामा, अशोक तामाङ, पासाङ शेर्पा, बलबहादुर सुयाल र हरिगोपाल प्रधान लगायत छन्।

प्यानलका मुख्य प्रतिवद्धता

  • सुरक्षित आरोहण र स्वच्छ हिमाल
  • पारदर्शी नेतृत्व
  • अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय पर्यटनलाई अग्रणी बनाउने
  • हेलि–रेस्क्यू नियमन र दुरुपयोग नियन्त्रण
  • आठ हजार मिटरभन्दा माथिका हिमालमा आचारसंहिता लागू
  • एनएमए तालिम एकेडेमी र अनुसन्धान केन्द्र स्थापना
  • सबै सेवामा डिजीटल प्रणाली र ‘एकद्वार सेवा’ प्रणाली कार्यान्वयन

यससँगै कुलबहादुर गुरुङ समूहले निर्वाचनका लागि पहिलो प्यानल सार्वजनिक गरेको हो। अर्का प्रत्यासी फर गेल्जे शेर्पाले पनि चाँडै प्यानल घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार