काठमाडौं ।शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक-२०८० आगामी भदौ ४ गते प्रतिनिधि सभामा पेस हुने भएको छ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकलाई ४ भदौमा सभामा प्रस्तुत गर्ने तयारी गरेको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए।
उनका अनुसार विधेयकसम्बन्धी प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको छ। १ भदौमा समितिका सदस्यहरूलाई प्रतिवेदन अध्ययन गर्न दिने र त्यसपछि ४ भदौमा विधेयक प्रतिनिधि सभामा टेबुल गर्ने योजना रहेको पनि उनले बताए।
प्रकाशित मिति : २०८२ साउन ३२ गते शनिवार





