काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ। गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ दस्तुरदरहरु अनुमोदन गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, दस्तुर यस प्रकार तय गरिएको छ:
- कार/भ्यान: काठमाडौँतर्फ प्रवेश गर्दा ६५ रुपैयाँ, उपत्यकाबाट बाहिरिँदा ६० रुपैयाँ
- मिनी बस/मिनी ट्रक: काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ
- बस/ट्रक: काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ
- ठूला उपकरण: काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ
त्यस्तै, दुई पाङ्ग्रे गाडीहरूले भने सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन्। सरकारले सुरुङमार्गको उचित व्यवस्थापन र सुरक्षित सञ्चालनका लागि यो दस्तुर तोकेको जनाएको छ।
प्रकाशित मिति : २०८२ साउन ३१ गते शुक्रवार





