प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले–कांग्रेस गठबन्धन २०८४ को निर्वाचनसम्म स्थिर रहने बताएका छन्। भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकमा उनले अब प्रधानमन्त्री मात्र परिवर्तन भए पनि गठबन्धनमा असर नपर्ने स्पष्ट पारे।
ओलीका अनुसार निर्वाचनपछि पनि दुई दलमध्ये कसैको बहुमत नपुगे फेरि मिलेर सरकार बनाउने छन्। उनले विकासमा ध्यान केन्द्रित भएको भन्दै अनावश्यक सरकार परिवर्तनको चर्चा नचलाउन आग्रह गरे।
उनले टालाटुली बाटुली भनेजस्तो गरेर के के भेला पारेर अर्को सरकार बनाउने पक्षमा एमाले नरहेको बताए। ओलीले आफूहरूको ध्यान मुलुकको विकासमा रहेको भन्दै विकास नचाहनेहरूले अनावश्यक रूपमा सरकार परिवर्तनको चर्चा चलाउने गरेको उल्लेख गरे।
Ask ChatGPT
प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार





