झलनाथलाई माधव नेपालले भनेः विद्रोह ठिक लागेन भने ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि!



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले पार्टीको विरोध गर्ने र एमालेबाट विद्रोहको औचित्य छैन भन्ने अभिव्यक्ति दिनु अनुचित भएको बताए। उनका अनुसार, यस्तो सोच भएको भए एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्नुपर्ने थियो।

“मिडियामा जाने, पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने — यस्तो हो भने किन आउनुपर्‍यो? विद्रोह ठिक लागेन भने ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि,” नेपालले कटाक्ष गरे।

अध्यक्ष नेपालले पार्टीको प्रतिष्ठा बढाउने, हितको रक्षा गर्ने र अनुशासन पालना गर्ने जिम्मेवारी सबै सदस्यले लिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०८२ साउन २४ गते शुक्रवार